ad ad

बागमती


मेयर शाह भन्छन्– नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गरौँ

मेयर शाह भन्छन्– नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गरौँ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १९:४७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए। उनले नेपाल संवत्‌लाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने बताए। उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए।

‘नेपाल संवतलाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्नुहुन आग्रह छ। काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ। प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ। अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ,’ उनले भने।

मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .