ad ad

ग्लोबल


इजरायललाई १४.५ अर्ब डलर सैन्य सहयोग दिने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित, बाइडेनको विरोध

इजरायललाई १४.५ अर्ब डलर सैन्य सहयोग दिने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित, बाइडेनको विरोध

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १६:४२,

अमेरिकी संसदको तल्लो सदनले इजरायललाई १४.५ अर्ब डलर सैन्य सहयोग दिने योजना पारित गरेको छ। तर, सो विधेयक असफल हुने सम्भावना पनि छ। किनभने राष्ट्रपति जो बाइडेनले त्यसमा सहमति जनाएका छैनन्। 

रिपब्लिकन पार्टीका तर्फबाट अघि सारिएको सो योजनाको पक्षमा २२६ मत पर्दा विपक्षमा १९६ मत परेको छ।

सो विधेयकलाई तुरुन्त पारित गर्न नयाँ सभामुख माइक जोनसनले आग्रह गरेका छन्।

तर, अन्य क्षेत्रमा खर्च कटौती गरेर इजरायललाई सैन्य सहयोग गर्ने विधेयक अघि सारिएको भन्दै डेमोक्र्याट पार्टीका सांसदहरुले विरोध गरेका छन्। यसमा युक्रेनलाई बेवास्ता गरिएको उनीहरुको भनाइ छ।

यो विधेयक कानुन बन्न सिनेटले पारित गरेपछि बाइडेनले हस्ताक्षर गर्नुपर्ने हुन्छ।

त्यसको सट्टा बाइडेनले संसदलाई १०६ अर्ब डलरको प्याकेज पारित गर्न आग्रह गरेका छन्। जसमा इजरायल, ताइवान र युक्रेनका लागि पनि खर्च समेटिएको छ।

केही रिपब्लिकन सांसदहरुले भने युक्रेनलाई दिइँदै आएको सहयोग कटौती गर्नुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .