ad ad

ग्लोबल


भारतमा गत वर्ष सवारी दुर्घटनामा परेर १ लाख ६८ हजारको मृत्यु, साढे चार लाख घाइते

भारतमा गत वर्ष सवारी दुर्घटनामा परेर १ लाख ६८ हजारको मृत्यु, साढे चार लाख घाइते

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ५:११, काठमाडौँ

भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। गत वर्ष भारतमा भएका सवारी दुर्घटनामा परेर चार लाख ४३ हजार ३६६ जना घाइते भएका सरकारी प्रतिवेदनमा उल्लेख छ। 

भारतको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ।

घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ।

सन् २०२२ मा चार लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये एक लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख छ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी दुई लाख दुई हजार ६३३ वटा अन्य सडकमा भएका थिए।

सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका प्रतिवेदनमा उल्लेख छ।

सडक दुर्घटनाबाट हुने मृत्युको ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन्।  प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेजस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारी साधनहरूको अवस्था सुधार गर्न लगानी गर्न महत्वपूर्ण छ।’

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक सडक दुर्घटना हुने गरेको छ । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .