ad ad

ग्लोबल


भारतको केरलास्थित प्रार्थनासभामा बम विस्फोट, एकको मृत्यु

भारतको केरलास्थित प्रार्थनासभामा बम विस्फोट, एकको मृत्यु

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १८:४२, काठमाडौँ

भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ। 

कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो। 

अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो। अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए।

यो घटना आतङ्कवादी समूह हमासका पूर्वप्रमुख खालिद मसालले गाजामा इजराइली सैन्य हमलाका बीच प्यालेस्टिन समर्थक प्रदर्शनलाई सम्बोधन गरेको एक दिनपछि भएको हो। 

शनिबार भएको विरोध प्रदर्शनमा हमास नेताको सहभागितामाथि प्रतिक्रिया व्यक्त गर्दै भारतका लागि इजराइली राजदूत नाओर गिलोनले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै भनेका थिए, ‘मसालले सहभागीहरूलाई भने ः सडकमा उत्रिनुहोस् र आक्रोश व्यक्त गर्नुहोस्, इजराइलविरुद्ध जिहादका लागि तयार रहनुहोस्, आर्थिकरूपमा हमासलाई सहयोग गर्नुहोस्, सामाजिक सञ्जालमा प्यालेस्टिनी कथालाई बढावा दिनुहोस्, अब हमासआईएसआईएसलाई भारतको आतङ्कवादी सूचीमा जोड्ने समय आएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .