ad ad

ग्लोबल


इरानलाई अमेरिकाको चेतावनी– यस्तो गल्ती नगर्नू, नत्र...

इरानलाई अमेरिकाको चेतावनी– यस्तो गल्ती नगर्नू, नत्र...

नेपालखबर
कात्तिक ८, २०८० बुधबार १०:३०, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल–हमास द्वन्द्व मध्यपूर्वका अन्य क्षेत्रमा फैलिने डरका बीच इरानलाई चेतावनी दिएका छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बोल्दै ब्लिन्केनले इरानका प्रोक्सीहरू (अतिवादी समूहहरूलाई समर्थन गर्ने) ले अमेरिकाविरुद्ध कुनै आक्रमण गरे अमेरिकाले निर्णायक जवाफ दिने बताएका हुन्। 

संयुक्त राष्ट्र सुरक्षा परिषदमा बोल्दै ब्लिन्केनले भने, ‘अमेरिका इरानसँग द्वन्द्व चाहँदैन। यो युद्ध अझै फैलियोस् भन्ने हामी चाहँदैनौँ।’

यसअघि अमेरिकी सेनाले गत साता इराक र सिरियामा रहेका आफ्ना सैन्य अखडाहरूमा दर्जनभन्दा बढी ड्रोन आक्रमण भएको र त्यसमा २० भन्दा बढी सैनिक सामान्य घाइते भएको बताएको थियो। 

ब्लिन्केनले भने, ‘यदि इरान वा यसका प्रोक्सीले अमेरिकी सेनालाई कहीँ पनि आक्रमण गर्ने गल्ती नगरून्। हामी हाम्रा जनताको सुरक्षा गर्नेनौँ, धेरै छिटो र निर्णायक कदम चाल्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .