ad ad

ग्लोबल


हमासविरुद्ध गाजामा रातभर इजरायली आक्रमण, इजरायल पुग्यो बारुदसहितको अमेरिकी विमान

हमासविरुद्ध गाजामा रातभर इजरायली आक्रमण, इजरायल पुग्यो बारुदसहितको अमेरिकी विमान

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८० बुधबार ९:२२, काठमाडौँ

जारी इजरायल र हमास युद्धको आज पाँचौँ दिन हो। गएको रातभर इजरायलले गाजामा हमासका २०० आधार शिविरमा आक्रमण गरेको छ। इजरायल र हमासबीचको युद्धमा हालसम्म २१ सय जनाको मृत्यु भइसकेको छ। तीमध्ये करिब १२०० इजरायली छन्। योसँगै करिब ९०० प्यालेस्टिनीले पनि ज्यान गुमाएका छन्।

यसैबीच अमेरिकाको ट्रान्सपोर्ट प्लेन मंगलबार राति बारुदसहित इजरायलको नेभाटिम एयरबेसमा पुगेको छ। 

मंगलबार राति ह्वाइट हाउसबाट सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका इजरायलको साथमा रहेको बताएका छन्। ‘इजरायलमा एक हजार मानिसको अमानवीय हत्या भएको छ। जसमा १४ अमेरिकी नागरिक मारिएका छन्’, उनले भने, ‘इजरायलमा नरसंहार भएको छ। इजरायलसँग यस आक्रमणको जवाफ दिने अधिकार छ।’

यस क्रममा बाइडेनले इजरायललाई दिइरहेको सहयोग दोब्बर बनाउने घोषणा गरेका छन्। उनले भने, ‘यो आतंकवाद हो, तर दुःखको कुरा यहुदी जनताका लागि यो कुनै नयाँ कुरा होइन। अमेरिकी विदेश मन्त्रालयले इजरायलसँग ऐक्यबद्धता देखाउन आज इजरायल प्रस्थान गर्ने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जनाएको छ। उनी बिहीबार इजरायल पुग्ने अपेक्षा गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .