भारतस्थित पन्जाब कांग्रेसका विधायक सुखपाल सिंह खैरा गिरफ्तार भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पुरानो लागुऔषध मुद्दामा खैरालाई बिहीबार चण्डीगढस्थित उनकै निवासबाट पक्राउ गरिएको हो।
पन्जाब प्रहरीले सन् २०१५ को एउटा मुद्दामा उनलाई पक्राउ गरेको हो।
कांग्रेसलगायत धेरै विपक्षी दलले खैराको गिरफ्तारीलाई बदलाको भावनाले प्रेरित भनिरहेका छन्।
कांग्रेसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘सिंगो कांग्रेस परिवार साथमा छ।’
‘हामी झुक्न तयार छैनौँ, हामी रोकिन तयार छैनौँ। हामी लड्नेछौँ र जित्नेछौँ।’
अखिल भारतीय किसान कांग्रेस के चेयरमैन @SukhpalKhaira जी की गिरफ्तारी, सत्ता के दुरुपयोग और प्रतिशोध का एक सबूत है।
अन्याय के खिलाफ उनकी बुलंद आवाज़ को दबाने की इस ओछी साजिश के ख़िलाफ़ उनके साथ पूरा कांग्रेस परिवार खड़ा है।
हम झुकने को तैयार नहीं हैं, रुकने को तैयार नहीं हैं।…— Congress (@INCIndia) September 28, 2023
Shares

प्रतिक्रिया