ad ad

ग्लोबल


दुई विद्यार्थीको हत्यापछि मणिपुरमा फेरि चर्कियो हिंसा, प्रदर्शनकारीले खोसे प्रहरीको हतियार

दुई विद्यार्थीको हत्यापछि मणिपुरमा फेरि चर्कियो हिंसा, प्रदर्शनकारीले खोसे प्रहरीको हतियार

हिंसाग्रस्त मणिपुर


नेपालखबर
असोज ११, २०८० बिहिबार १२:३६, काठमाडौँ

भारतको मणिपुरमा जुलाईदेखि बेपत्ता भएका दुई मैतेई विद्यार्थीको हत्या भएको पुष्टि भएपछि इम्फालमा फेरि हिंसा चर्किएको छ।

बुधबार ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र इम्फालमा एक नेताको घरमा आक्रमण गर्ने प्रयास गरे। उनीहरुले प्रहरीको गाडीमा आगजनी गर्नुका साथै एक प्रहरीलाई कुटपिट गरी हतियार समेत खोसेका छन्। 

मणिपुर प्रहरीले बुधबार राति विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एक अराजक भीडले नेताको घरमा आक्रमण गर्ने प्रयास गर्‍यो, सुरक्षा बलले अश्रु ग्यास फायर गरेर भीडलाई तितरबितर पार्‍यो। अनियन्त्रित भीडले प्रहरी जिप्सीलाई निशाना बनाएर जलायो, ​​एक प्रहरीलाई आक्रमण गर्दै हतियार खोस्यो।’

मणिपुर प्रहरीले घटनाको निन्दा गर्दै संलग्नहरूलाई कारबाही गर्न कडा कदम चलोको जनाएको छ। उसले भनेको छ, ‘खोसिएको हतियार बरामद गर्न र संलग्नलाई पक्राउ गर्न कम्बिङ अपरेसन भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .