उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो देश भ्रमणको निम्तो दिएका छन्।
सुरक्षा फौजसहित रेल चढेर रुस पुगेका किमले त्यहाँका राष्ट्रपति पुटिनलाई उत्तर कोरिया भ्रमणका लागि निम्तो दिएका हुन्।
किमको निम्तो पुटिनले स्वीकार गरेको दाबी उत्तर कोरियाको सरकारी रेडियो भ्वाइस अफ कोरियाले गरेको छ।
‘रात्रिभोजपछि कमरेड किमले राष्ट्रपति पुटिनलाई उपयुक्त समयमा उत्तर कोरिया भ्रमण गर्न निम्तो दिनुभएको छ। पुटिनले पनि निम्ता स्वीकार गर्नुभएको छ’, रेडियोलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले उल्लेख गरेको छ।
रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच बुधबार रुसको भोस्तोच्नी स्पेसपोर्टमा भेटवार्ता भएको हो। उनीहरूबीच झन्डै ५ घण्टा कुराकानी भएको थियो।
42
Shares
प्रतिक्रिया