अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले मंगलबार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन्।
म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताए।
हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको उनले बताए।
रिपब्लिकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टरको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए।
बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने उनले बताए।
बाइडेन सन् २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडमा छन्। ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले पदबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन्।
ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रुपमा आएको बताएका छन्।
Shares

प्रतिक्रिया