भारतको बिहार राज्यअन्तर्गत वैशाली जिल्लामा केही छात्राले प्रशासनको गाडीमा ढुंगा र लाठी प्रहार गरेर विरोध प्रदर्शन गरेका छन्।
समाचार एजेन्सी एएनआईले घटनाको भिडिओ सार्वजनिक गरेको छ, जसमा छात्राहरू सरकारी गाडीमा ढुङ्गामुढा गरिरहेका छन्।
यससँगै केही युवतीहरू ‘जिल्ला प्रशासन डाउन’ नारा लगाएको देखिन्छ।
#WATCH | Students of Girls' High School Mahnar in Bihar's Vaishali created a ruckus and also vandalised a car alleging poor seating arrangments in the school pic.twitter.com/P4Mut6ymHo
वैशालीका एसडीओ नीरज कुमारले यस घटनाको जानकारी दिएका छन्।
उनले भने, ‘यहाँ आधारभूत समस्या भनेको कक्षा कोठामा बस्ने ठाउँको अभाव हो । यहाँ क्षमताभन्दा बढी बालबालिका भर्ना भएका छन्। यस्तो अवस्थामा बाहिर बस्न बाध्य तथा बस्ने ठाउँ नपाएका विद्यार्थी एकजुट भए। उचित मार्गदर्शन नपाएपछि उनीहरुले सडक अवरुद्ध गरेका हुन्।’
नीरज कुमारले थपे, ‘यस्तो अवस्थामा सीओ साहेब आए र प्रहरी चौकीको एक टोली घटनास्थल पुग्यो। अहिले अवस्था सामान्य छ। दुई सिफ्टमा विद्यालय सञ्चालन गर्ने सम्भावनालाई हेरिरहेका छौं। वैशाली जिल्लाका अन्य केही विद्यालय पनि त्यस्तै गरी सञ्चालन भइरहेको शिक्षा विभागले जनाएको छ। यदि हामीले यसलाई कार्यान्वयन गर्यौं भने कक्षा ११ र १२ अलि ढिला सुरु गर्ने ताकि विद्यमान स्रोतहरूको राम्रोसँग सदुपयोग गर्न सकौँ।’
#WATCH | Students of Girls' High School Mahnar in Bihar's Vaishali created a ruckus and also vandalised a car alleging poor seating arrangments in the school pic.twitter.com/P4Mut6ymHo
— ANI (@ANI) September 12, 2023
Shares

प्रतिक्रिया