ad ad

ग्लोबल


कोरोना भाइरसको त्रास : चीनको वुहानमा सबै उडान, रेल तथा बस सेवा बन्द

कोरोना भाइरसको त्रास : चीनको वुहानमा सबै उडान, रेल तथा बस सेवा बन्द

नेपालखबर
माघ ९, २०७६ बिहिबार ३:५३,

श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडान स्थगित गर्ने निर्णय गरेको छन्।

कोरोना भाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट विश्वभर फैलने सम्भावना बढेपछि त्यहाँका अधिकारीले यस्तो निर्णय गरेका हुन्।

यो भाइरसबाट हालसम्म पाँच सयभन्दा बढी मानिस प्रभावित भइसकेको आँकलन छ। यो भाइरसबाट हालसम्म चीनमा मात्रै १७ जनाको ज्यान गइसकेको छ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अनुमान छ।

चिनियाँ अधिकारीले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन्।

बिहीवार बिहानदेखि यो नियम लागू भएको छ। चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा दशौँ लाख चिनियाँ आफ्नो जन्मथलो फर्कने गर्छन्। यो प्रतिवन्धले घर फर्कंने तयारीमा रहेको चिनियाँ सबैभन्दा ठूलो समस्यामा परेका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।

कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन डब्लूएचओले बिहीवार दोस्रो बैठक आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .