जापानका फेसन डिजाइनर ४४ वर्षीय युसाकु मियाजावा अन्तरिक्ष यात्रामा जाँदैछन्।
यत्रो टाढाको यात्रा, त्यो पनि एक्लै। त्यसैले आफूसँगै कोही सुन्दरी हिँडिदिए जाती हुन्थ्यो भन्ने कामना यतिबेला उनी गरिरहेका छन्।
उनी फेसनबाटै अर्बपति भएका हुन्। उनी सन् २०२३ मा पहिलो पर्यटक यात्रामा चन्द्रमाको छेउमा पुगेर आउने भएका छन्।
यति ‘विशेष यात्रा’ एक्लै जानुपर्दा उनी हल्का विस्मातमा परेका छन्।
त्यसैगले उनले ट्वीटरमा लेखेका छन्, ‘मसँग चन्द्रमासम्म पुग्ने ‘पहिलो महिला’ बन्न कोही इच्छुक छ?’
उनले आफूसँग चन्द्रमा यात्रामा जाने २० वर्ष माथिकी केटी साथी खोजीरहेको जनाएका छन्।
केही महिनाअघि मात्र २७ वर्षीया अभिनेत्री अयामी गोरिकीसँग उनको सम्बन्ध विच्छेद भएको थियो।
प्रतिक्रिया