ad ad

ग्लोबल


मलेसियामा निजी जेट सडकमा दुर्घटना, कार र मोटरसाइकलमा सवारसहित १० जनाको मृत्यु

मलेसियामा निजी जेट सडकमा दुर्घटना, कार र मोटरसाइकलमा सवारसहित १० जनाको मृत्यु

नेपालखबर
भदौ १, २०८० शुक्रबार १९:५८,

मलेसियामा एक निजी जहाज दुर्घटना भएको छ। दुर्घटनामा परेको जेट विमानले सडकमा कार र मोटरसाइकललाई ठक्कर दिँदा १० जनाको ज्यान गएको छ।

विमानमा सवार आठ जना र सडकमा यात्रा गरिरहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

विमान विस्फोट भएर टुक्राटुक्रा बनेको छ। लंकावीबाट सेलान्गोरतर्फ गइरहेको विमान दुर्घटना भएको थियो।

बिचक्राफ्ट मोडेल ३९० विमानले दुर्घटनाअघि एयर ट्राफिक कन्ट्रोल टावरसँगको सम्पर्क गुमाएको थियो।

दुर्घटनामा मारिनेहरुमा एक जना स्थानीय राजनीतिकर्मी पनि भएको बताइएको छ। 

परीक्षणपछि नै उडानको अनुमति दिइएको र दुवै पाइलट अनुभवी भएको बताइएको छ। 
दुर्घटनाको कारण खोजी भइरहेको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .