ad ad

ग्लोबल


पाकिस्तानी प्रधानमन्त्रीको सहायक बनिन् कश्मिरका पृथकतावादी नेता यासिन मलिककी पत्नी

पाकिस्तानी प्रधानमन्त्रीको सहायक बनिन् कश्मिरका पृथकतावादी नेता यासिन मलिककी पत्नी

नेपालखबर
भदौ १, २०८० शुक्रबार १०:३, काठमाडौँ

भारत प्रशासित जम्मु कश्मिरका पृथकतावादी नेता यासिन मलिककी पत्नी मिशाल हुसेन मलिकलाई पाकिस्तानका अन्तरिम प्रधानमन्त्री अनवरुल हक कक्कडको विशेष सहायकमा नियुक्त गरिएको छ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा बिहीबार मिशाल हुसैन मलिकलाई ुमानव अधिकार र महिला सशक्तिकरणु को सहायक नियुक्त गरिएको बताइएको छ।

मिशाल पाकिस्तानका नागरिक हुन् र त्यहाँ बस्छन्। यासिन मलिकलाई एनआईए अदालतले गत वर्ष मे महिनामा आतंकवादी कोषको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको थियो। त्यसपछि उनकी श्रीमती मिसालले बीबीसीसँग यस विषयलाई अगाडि बढाउने बताएकी थिइन्।

यासिन मलिक विरुद्ध देशविरुद्ध युद्ध छेडेको, आपराधिक षड्यन्त्र र गैरकानूनी गतिविधिमा संलग्नता जस्ता गम्भीर आरोप लगाइएको थियो। उनले पनि अदालतमा आफूविरुद्ध लगाइएका सबै आरोप स्वीकार गरेका थिए।

बिहीबार नै अन्तरिम प्रधानमन्त्रीका विभिन्न मन्त्रीहरुलाई मन्त्रालय बाँडफाँड गरिएको छ।

यसअन्तर्गत शमशाद अख्तरलाई अर्थमन्त्री, जलील अब्बास जिलानीलाई विदेशमन्त्री र सेवानिवृत्त सेनाका जनरल अनवर अली हैदरलाई रक्षामन्त्री बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .