ad ad

ग्लोबल


बेलायतका प्रधानमन्त्री सुनकले भने- म यहाँ प्रधानमन्त्री भएर होइन, हिन्दू भएर आएको हुँ

बेलायतका प्रधानमन्त्री सुनकले भने- म यहाँ प्रधानमन्त्री भएर होइन, हिन्दू भएर आएको हुँ

नेपालखबर
साउन ३१, २०८० बुधबार ११:३०, काठमाडौँ

बेलायतका प्रधानमन्त्री ऋषि सुनकको एउटा भनाइ अहिले सञ्चारमाध्यममा समाचार बनिरहेको छ। 

मंगलबार अर्थात् अगस्ट १५ तारिख बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा कथाकार मुरारी बापु कथा सुनाउँदै थिए।

कार्यक्रममा ऋषि सुनक पनि सहभागी भएका थिए। सुनकले आरती गर्नाका साथै मञ्चबाट आफ्नो विचार पनि राखे। 

सुनकले ‘जय सियाराम’ नारा लगाएर आफ्नो भनाइ सुरु गरे। उनले भने, ‘भारतको स्वतन्त्रता दिवसका दिन मुरारी बापुको कथावाचन कार्यक्रममा सहभागी हुन पाउँदा आनन्द अनुभूति भइरहेको छ।’ 

उनले थपे, ‘म यहाँ प्रधानमन्त्री भएर होइन, हिन्दू भएर आएको हुँ। आस्था मेरा लागि नितान्त निजी कुरा हो। यसले मलाई जीवनको हरेक पक्षमा बाटो देखाउँछ। प्रधानमन्त्री हुनु गौरवको कुरा हो तर यो त्यति सजिलो काम होइन। कठोर निर्णय लिनुपर्ने हुन्छ। कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा मलाई मेरो आस्थाले सही निर्णय गर्न साहस र बल दिन्छ।’ 

ऋषि सुनकले यसअघि पनि हिन्दू धर्मको कुरा गर्ने गरेका थिए। उनी बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री हुन्।

ऋषि सुनक हिन्दू धर्म मान्ने भएकाले भारतमा सामाजिक सञ्जालमा उनको बारम्बार चर्चा हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .