भारतस्थित राजस्थानको भिलवाडा जिल्लाको कोटडीमा हत्या गरिएकी बालिकाको टाउको बरामद भएको छ। नरसिंहपुरा कोइलाभट्टीबाट करिब तीन किलोमिटर टाढा पोखरीमा बालिकाका टाउको, खुट्टा र शरीरका अन्य भाग समेत प्रहरीले बरामद गरेको हो।
सुरुमा बिहीबार कोइला भट्टीमा हड्डी मात्र फेला परेका थिए। त्यसपछि प्रहरी र आफन्तले ती हड्डी सो क्षेत्रकी एक नाबालिग बालिकाको भएको आशंका गरिएको थियो। परिवारले ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाएको छ।
भट्टीनजिकै एउटा चुरा पनि फेला परेको थियो, जुन चुरा तिनै बालिकाको भएको दाबी परिवारले गरेको छ।
पछिल्लो समय उक्त बालिकाको टाउको, खुट्टा र शरीरका अन्य भागसमेत प्रहरीले बरामद गरेको हो।
भिलवाडा जिल्ला प्रहरीका एक अधिकारीले नाम नबताउने सर्तमा बीबीसी हिन्दीलाई भनेका छन्, ‘नाबालिगको टाउको, एउटा हात र खुट्टा प्रहरीले बरामद गरेको छ। कपडा अझै फेला परेको छैन।’
यस मामिलामा अनुसन्धान अधिकृत डीएसपी श्याम सुन्दरले बीबीसी हिनदीलाई फोनमा भनेका छन्, ‘अभियुक्तहरूले नाबालिगलाई बलात्कारपछि हत्या गरेका हुन्। यस विषयमा ठूलो अपडेट पनि प्रहरीले दुई घण्टापछि सार्वजनिक गर्नेछ।’
बिहीबार कोत्री थाना क्षेत्रको नरसिङपुरा जंगलमा रहेको कोइला भट्टीबाट चार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीका अनुसार सोधपुछका क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। उनीहरूकै बयानका आधारमा बालिकाको टाउको र शरीरका अन्य भाग बरामद गरेको हो।
Shares

प्रतिक्रिया