ad ad

ग्लोबल


भारतको मध्यप्रदेशमा सामूहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक

भारतको मध्यप्रदेशमा सामूहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक

नेपालखबर
साउन १५, २०८० सोमबार ७:३६, काठमाडौँ

भारतको मध्यप्रदेशस्थित सतना जिल्लाको मैहरनजिकै सामूहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक भएको छ।

पीडित बालिकाको उपचार मैहरबाट ७० किलोमिटर टाढा रहेको रेवास्थित सञ्जय गान्धी मेमोरियल अस्पतालमा भइरहेको छ। त्यहाँ ७ जना चिकित्सकको टोलीले घन्टौँ शल्यक्रियापछि उनको गुप्तांगमा काठ घुसारिएका भित्री चोट धेरै भएको बताएको छ। 

चिकित्सकको टोलीले बालिकाको शरीरमा दाँतले टोकिएका चिह्नहरू पनि रहेको जनाएको छ। 

घटना जुलाई २७ को हो। घटनामा संलग्न आरोपमा मेहरको मन्दिरमा दैनिक ज्याला मजदुरी गर्ने रवीन्द्र चौधरी र अतुल बडोलिया नामका दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

कतिपयले पीडित बालिका त्यही मन्दिर बाहिर भिख माग्ने गर्थिन् भनेका छन् भने कतिले उनी मन्दिर बाहिर फूल बेच्ने गर्थिन् भनेका छन्।

प्रहरीका अनुसार घटनाबारे जुलाई २० का दिन जानकारी प्राप्त भएको हो। जंगलमा २० घण्टासम्म बेहोस अवस्थामा रहेकी बालिका कुनै स्थानीय महिलाको सहयोगमा आफ्नो गाउँसम्म पुगेकी थिइन्। त्यसपछि प्रहरीले घटना थाहा पाएको थियो। 

स्थानीय प्रशासनले जुलाई २९ तारिख अभियुक्तको घर बुलडोजरले भत्काएको थियो। घर भत्काउन गएका उपडिभिजन अधिकृत सुरेश यादव र उप डिभिजन प्रहरी अधिकृत लोकेश डावरले दुवै अभियुक्तको घर सरकारी जग्गामा अवैध रूपमा बनेको बताएका छन्। 

यस घटनामा मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘मैहरमा छोरी बलात्कारमा परेको सूचना पाएको छु, मेरो मन दुखेको छ, म निकै दुःखी भएको छु।’

‘अपराधीलाई कुनै हालतमा नछाड्न प्रहरीलाई निर्देशन दिएको छु। प्रहरीले अपराधीलाई पक्राउ गरिसकेको छ। छोरीको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको छु। अपराधीलाई छाडिने छैन, कडाभन्दा कडा कारबाही हुनेछ।’बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .