ad ad

ग्लोबल


भ्रामक सूचनाले दन्किँदै मणिपुरमा साम्प्रदायिक आगो

भ्रामक सूचनाले दन्किँदै मणिपुरमा साम्प्रदायिक आगो

नेपालखबर
साउन १२, २०८० शुक्रबार ७:३३, काठमाडौँ

मणिपुरमा निरन्तर बढिरहेको हिंसामा 'फेक इन्फरमेसन'ले घिउ थप्ने काम गरिरहेको छ। हिंसाका बीच गलत सूचना द्रूत रुपमा फैलिरहेको छ।

इन्टरनेटमा प्रतिबन्ध लगाएर गलत सूचना प्रसारण नियन्त्रण गर्ने प्रयास भइरहेको छ, तर सफल हुन सकेको छैन।

दुई कुकी महिलालाई मेइती पुरुषले नग्न पारेर यौन दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि विश्वको ध्यान मणिपुरले तान्यो। तर त्यो घटनाको पछाडि गलत सूचना पनि मुख्य कारण रहेको खुलेको छ।

मे महिनादेखि मणिपुरमा हिंसा जारी छ, त्यसपूर्वदेखि नै भ्रामक सूचना फैलाइँदै आएको छ। ३ मेदेखि दुई समूहबीच हिंसा सुरु भएको थियो। हिंसा सुरु भएपछि त्यसको पछिल्लो दिनदेखि सामाजिक सञ्जालमा गलत सूचना र अफवाह रोक्न त्यहाँका अधिकारीले इन्टरनेट सेवा काटेका थिए। तर त्यतिन्जेल महिलाको शवको तस्बिर भाइरल भइसकेको थियो।

तस्बिरमा शव प्लास्टिकको झोलामा बेरिएको थियो। सामाजिक सञ्जालमा कुकी पुरुषहरूले बलात्कार र हत्या गरेकी ती महिला मेइटी नर्स हुन् भनी झुटो दाबी गरिएको थियो। उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा पोस्टका रुपमा मात्रै होइन, ह्वाट्सएपमार्फत् पनि गलत दावीसहित धेरैलाई सूचना प्रसारण गरिएको तथ्य फेला परेको छ।

जबकि त्यो दाबी गलत थियो। ती कुकी पुरुषले बलात्कार गरेर हत्या गरेकी महिला थिइनन्, उक्त तस्बिर दिल्लीको आयुषी चौधरीको थियो। जसको परिवारको घरेलु हिंसाबाट हत्या भएको थियो। उक्त पोस्ट नयाँ अकाउन्ट बनाएर फेसबुकमार्फत् कुनै फेक अकाउन्टबाट भएको थियो। तर पोस्ट भएलगत्तै तस्बिर भाइरल भयो।

त्यही कारण हिंसा भड्किसकेको थियो। यता इन्टरनेट बन्द भएपनि टेक्स्ट मेसेजमार्फत् उक्त गलत सन्देश प्रवाह भइरहेकै थियो। 

त्यस्तै ५ मेमा अर्को एक भिडि‌ओ सामाजिक सञ्जालमार्फत् भाइरल गरियो। मणिपुरको राजधानी इम्फालको शिजा अस्पतालमा ३७ वर्षीय मेइती महिला र एक सात वर्षीय बालकको शव भनी सूचना फैलाइएको थियो। धेरैलाई विचलित पार्ने उक्त भिडिओको टेक्स्टमा उक्त घटना मणिपुरकोव भएउको दावी गरिएको थियो। मैतेई हतियारधारीले कुकी महिलाको हत्या गरेको भन्दै हजारौँले त्यो भिडिओ सेयर गरे।

तर त्यो भिडियो मणिपुरको होइन र पीडित कुकी महिला होइनन्। उक्त भिडियो छिमेकी देश म्यानमारको थियो।

हालै बिजेपीका नेतता ताजिंदर सिंह बग्गाले ट्विटरमा एक अर्को गलत सूचनासहितको भिडि‌ओ सार्वजनिक गरे। उक्त भिडिओमा गत साता कुकी महिलालाई नग्न बनाइ सामूहिक बलात्कार गरिएको घटनाका मुख्य आरोपी भनेर गलत सूचना दिइएको थियो। उनले एक मुस्लिम पुरुषको तस्बिर राखेर लेखेका थिए, 'दुई कुकी महिलालाई नग्न परेड गराउने मुख्य आरोपी।' उक्त भिडिओ हजारौँले सेयर गरे।

तर ती व्यक्ति मणिपुर घटनासँग जोडिएका आरोपी थिएनन्। उनलाई प्रहरीले छुट्टै मुद्दामा केही समयअघि पक्राउ गरेको थियो। यसबारे प्रहरीले स्पष्ट पनि पारिसकेको छ।

उक्त सूचना समाचार एजेन्सीले एएनआईले पनि गलत रिपोर्टिङ गरेको थियो। तर पछि एएनआईले 'मिस इन्फरमेसन'भन्दै माफी माग्यो। बिजेपी नेता बग्गाले भने उक्त ट्विट सच्चाएका छैनन्। धेरैले उनलाई सत्य बताए पनि उनले त्यो सच्चाउन जरुरी ठानेनन्। 

यसरी दुई महिनादेखि मणिपुरमा भड्किएको मैतेई र कुकी समुदायको हिंसामा 'मिस इन्फरमेसन'ले आगो थप्ने काम गरिरहेको छ। -बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .