ओलम्पिक पदक विजेता मीराबाई चानुले मणिपुर हिंसालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीलाई द्वन्द्व अन्त्य गर्न आग्रह गरेकी छिन्।
मणिपुरमा विगत साढे दुई महिनादेखि हिंसा जारी छ । हिंसा अन्त्य गर्ने धेरै प्रयासहरू असफल भएका छन्।
कुकी र मेइती समुदायबीचको यो हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ।
मीराबाई चानु हाल अमेरिकामा प्रशिक्षण गरिरहेकी छन्। मीराबाईले मणिपुरमा हिंसाका कारण खेलाडीले राम्रोसँग तालिम लिन नसकेको बताइन्।
आफ्नो ट्विटर अकाउन्टमा सेयर गरिएको भिडिओमा मीराबाईले भनेकी छन्, ‘मणिपुरमा हिंसा भइरहेको तीन महिना भइसकेको छ, तर शान्ति अझै भएको छैन। यो द्वन्द्वले धेरै खेलाडीले तालिम लिन पाएका छैनन् भने धेरै बालबालिकाको पढाइ प्रभावित भइरहेको छ। धेरैले ज्यान गुमाइसकेका छन् भने धेरैवटा घर जलिसकेका छन्।
मीराबाई चानुले टोकियो ओलम्पिकमा ४९ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्।
मीराबाई चानुले भिडिओमा अगाडि भनेकी छन्, ‘मेरो घर मणिपुरमा छ। हाल म अमेरिकामा छु, आगामी च्याम्पियनसिपको प्रशिक्षणका लागि। म अहिले मणिपुरमा छैन, तर सोचिरहेको छु– यो लडाइँ कहिले अन्त्य हुन्छ? म प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहलाई जतिसक्दो चाँडो जारी युद्ध अन्त्य गराउन र मणिपुरका सबै जनतालाई बचाउन अपिल गर्न चाहन्छु। मणिपुरमा पहिलेजस्तै शान्ति ल्याउनुहोस्।’
I request Hon'ble Prime Minister @narendramodi_in sir and Home Minister @AmitShah sir to kindly help and save our state Manipur. 🙏🙏 pic.twitter.com/zRbltnjKl8
— Saikhom Mirabai Chanu (@mirabai_chanu) July 17, 2023
Shares

प्रतिक्रिया