६ महिनामा हङकङमा ८० प्रतिशतले बढ्यो ड्रग्सको कारोबार

६ महिनामा हङकङमा ८० प्रतिशतले बढ्यो ड्रग्सको कारोबार

नेपालखबर
साउन २, २०८० मंगलबार ९:४३, हङकङ

हङकङमा सन् २०२३ को पहिलो ६ महिनामा लागुऔषधको कारोवार ८० प्रतिशतले बढेको छ। हङकङ एयरपोर्टमा जुन महिनासम्म ९७ करोड हङकङ डलर बराबरको २.३ टन ड्रग्स बरामद भएको विमानस्थल भन्सारले जनाएको छ।

भन्सार अधिकारीका अनुसार कार्गो कन्साइनमेन्ट र यात्रुहरुको बीचबाट यो अवधिमा प्राप्त ड्रग्स अघिल्लो वर्षको यही अवधिको तुलनामा ८० प्रतिशतले बढी हो। यस वर्ष लागुऔषध ओसारपसार सम्बन्धी ६०४ वटा मुद्दा प्रहरीले दायर गरेको छ।

अघिल्लो वर्ष ५९ करोड हङकङ डलर बराबरको १ हजार २७० किलो लागुऔषध बरामद भएको थियो। उक्त अवधिमा ३३१ वटा लागुऔषधसम्बन्धी मुद्दा दायर भएका थिए।

भन्सारको लागुऔषध अनुसन्धान ब्यूरोका सुपरिटेन्डेन्ट स्काई फङ वाइचिङले मंगलबार दिएको जानकारी अनुसार विमानस्थलमार्फत् ठूलो मात्रामा लागुऔषध ओसारपसार हुने गरेको तथ्य बाहिरिएको हो।  गत वर्ष मेसिनमा लुकाएर ल्याइएका लागुऔषध बरामद भएपछि कारोबार गर्नेहरूले ‌ओसारपसारको शैलीमा परिवर्तन गरेको जानकारी उनले दिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .