ग्लोबल


नेटो देशका नेताहरुसँग डिनरमा सहभागी भएनन् जो बाइडन

नेटो देशका नेताहरुसँग डिनरमा सहभागी भएनन् जो बाइडन

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १२:२३, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडनले मंगलबार उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य देशका नेताहरुसँग आयोजित रात्रिभोजमा भाग लिएनन्। 

व्हाइट हाउसले यसको पछाडि बाइडनको व्यस्ततालाई कारण देखाएका छन्। बाइडन आफ्नो भाषणका लागि तयारी गर्न लागेकाले डिनरमा सहभागी नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। 

तर अमेरिकी सञ्चारमाध्यममा बाइडनले नेटो देशका नेताहरुसँगको डिनरमा सहभागी नभएको कारणलाई अनेक अड्कलबाजी भइरहेको छ। यसलाई बाइडनको गिर्दो स्वास्थ्यसँग पनि जोडेर चर्चा गरिएको छ।

फक्स न्युजको समाचार अनुसार अमेरिकी राष्ट्रपतिले अन्तरराष्ट्रिय यात्राका क्रममा विश्व नेताहरुसँगको डिनर छाडेको यो तेस्रो पटक हो।

फक्स न्युजले बाइडनले नेटो सदस्य राष्ट्रहरुसँगको डिनर मिटिङ छोडेकोबारेमाा गरिएको प्रश्नमा व्हाइट हाउसले कुनै प्रतिक्रिया दिन मानेको थिएन।

तर केही समयपछि व्हाइट हाउसले अबका चार दिन बाइडन पूरा व्यस्त रहने भएकाले डिनर मिटिङमा भाग लिन नपाएको जनाएको छ। बाइडनले केही कार्यक्रममा भाषण पनि दिनुपर्ने भएकाले उक्त मिटिङ छाडिएको व्वाइट हाउसले जनाएको छ। 

वासिङ्टन टाइम्सले आफ्नो रिपोर्टमा जनाए अनुसार लिथुआनियामा भएको नेटोको बैठकअघि बाइडन डिनर मिटिङमा भाग नलिइ सिधै होटल पुगेका थिए। उनको स्थानमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्ककन यस मिटिङमा सहभागी भए।

यसअघि बाइडनले अघिल्लो साल इन्डोनेशिया र यसै साल जापानमा पनि शीर्ष नेतासँगको डिनर मिटिङ छाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .