चीनको ग्वाङडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो आक्रमण यस प्रान्तको एक प्ले स्कुलमा भएको बीबीसीले जनाएको छ।
घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको र आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतक तथा घाइतेको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन तर आक्रमण नियोजित भएको बताएको छ।
स्थानीय समयानुसार सोमबार बिहान ७.४० बजे आक्रमण भएको हो।
105
Shares

प्रतिक्रिया