ad ad

ग्लोबल


‘विद्रोह’ असफल भएपछि रुसी सेनालाई हतियार सुम्पिँदै वागनर

‘विद्रोह’ असफल भएपछि रुसी सेनालाई हतियार सुम्पिँदै वागनर

नेपालखबर
असार १२, २०८० मंगलबार १७:४५, काठमाडौँ

राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको ‘विद्रोह’ असफल भएपछि वागनर ग्रुपले आफ्ना हतियार रसियन सेनालाई बुझाउने भएको छ।

रूसको रक्षा मन्त्रालयले मंगलबार एक वक्तव्य निकाल्दै वागनर ग्रुप हतियार बुझाउन तयार भएको जनाएको  छ।

त्यसका लागि आवश्यक तयारी भइरहेको पनि रक्षा मन्त्रालयले उल्लेख गरेको छ। 

शनिबार वागनर ग्रुपका लडाकुले ‘विद्रोह’ गर्दै रूसको रोस्तोभ शहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

ग्रुपले त्यसबेला राजधानी मस्कोको २०० किलोमिटरभित्रको क्षेत्रमा आफ्ना लडाकु आइसकेको जनाएको थियो। शनिबार वागनरले रोस्तोभपछि मस्कोतिर बढ्ने जनाएको थियो। 

तर शनिबार मध्यरातिसम्म बेलारूसले मध्यस्थता गर्दै वागनर लडाकुलाई रोस्तोभ छाड्न मञ्जुर गराएको थियो। 

सोमबार राष्ट्रपति पुटिनले देशबासीलाई सम्बोधन गर्दै वागनर ग्रुपका लडाकुलाई सच्चा देशभक्तको संज्ञा दिएका थिए। 

पुटिनले सोमबार लडाकुलाई विद्रोहका लागि भ्रममा राखिएको पनि बताएका थिए। उनले वागनर ग्रुपका लडाकु देशको सेनामा आवद्ध हुन, आफ्नो परिवारसँग घरमा फर्किन र फेरि बेलारूस जाने विकल्प छान्न सक्ने बताएका थिए। 

यसका साथै विद्रोहमा सामेल भएका सबै लडाकुविरुद्ध कुनै किसिमका आपराधिक आरोप पनि नलगाइने उनले घोषणा गरेका थिए। .

वागनर ग्रुप भाडाका लडाकुको एक निजी सेना हो। जुन युक्रेनमा रूसी सेनासँग काँधमा काँध मिलाएर युद्ध लडिरहेको छ। एक अनुमानअनुसार वागनर ग्रुपमा ३० हजार लडाकु छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .