रुसी राष्ट्रपति भ्लादिमर पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
स्थानीय समय अनुसार बिहान ९ बजे (नेपाली समय ११:४५) उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताइएको छ।
रुसको शक्तिशाली निजी सेना समूह वाग्नरले विद्रोह घोषणा गरेपछि राष्ट्रपति पुटिन ठूलो समस्यामा परेका छन्। आन्तरिक कलह बढेसँगै मस्कोमा उच्च सतर्कता अपनाइएको छ।
रुसमा कूको सम्भावना बढेको छ। वाग्नरको सेना मस्को कब्जा गर्न अघि बढिरहेको बताइएको छ।
वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनमाथि विद्रोहको आरोप लागेको छ। वाग्नर समूह रुसको तर्फबाट युक्रेनमा लडिरहेको छ।
रुसविरुद्ध युद्धको घोषणा गर्दै वाग्नरका सैनिकहरू रुस प्रवेश गरेको प्रमुख प्रिगोजिनले बताएका थिए।
वाग्नरले सशस्त्र विद्रोहको घोषणा गरेपछि रसियाको एफएसबी सुरक्षा बलले प्रमुख येभगेनीविरुद्ध अपराधिक मुद्दामा कारवाही अघि बढाएको छ।
Shares
प्रतिक्रिया