ad ad

ग्लोबल


पञ्चायत निर्वाचन : तृणमूल नेताको गोली हानी हत्या, कांग्रेसका उम्मेदवार पक्राउ

पञ्चायत निर्वाचन : तृणमूल नेताको गोली हानी हत्या, कांग्रेसका उम्मेदवार पक्राउ

नेपालखबर
असार ९, २०८० शनिबार ९:१०, काठमाडौँ

भारतको पश्चिम बंगालमा पञ्चायत चुनावको मिति घोषणा भएपछि दलहरूबीचको द्वन्द्वले हिंसाको रूप लिएको छ। पुरुलिया जिल्लामा, तृणमूल कांग्रेसका आद्रा शहर अध्यक्ष धनंजय चौबेको पार्टी कार्यालयमै गोली हानी हत्या भएको छ।

बिहीबार राति भएको उक्त घटनामा चौबेका अंगरक्षक घाइते भएका छन्।

बिहीबार राति करिब ८ः३० बजे चौबे आफ्ना सहकर्मीसँग पार्टी कार्यालयमा बसिरहेका थिए। त्यहीबेला मोटरसाइकलमा आएका तीनजनाले उनलाई नजिकबाट गोली हानेर भागेका थिए।

चौबेलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो, जहाँ चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरे। उनका अंगरक्षक शेखर दासको उपचार भइरहेको बताइएको छ।

हत्यामा संलग्न पञ्चायत चुनावका स्थानीय कांग्रेस उम्मेदवारसहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। चुनावमा उम्मेदवार उठेका अरशद हुसेन र अर्का उनका सहयोगी एनडी जमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। हत्यामा संलग्न तेस्रो व्यक्ति अझै फरार छन्।

हुसेन ८ जुलाईमा हुने पञ्चायत निर्वाचनमा कांग्रेसका उम्मेदवार हुन्। कांग्रेसले भने हुसेनमाथिको उक्त आरोप झूटो भएको दाबी गरिरहेको छ। तृणमूल कांग्रेसले आफ्ना उम्मेदवारलाई फसाउन षड्यन्त्र गरेको बताइरहेका छन्।

यता तृणमूल कांग्रेसका कार्यकर्ताहरूले शुक्रबार बिहानैदेखि पुरुलिया जिल्लाका विभिन्न भागमा सडकमा टायर बालेर चौबेको हत्याको विरोध गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .