ad ad

ग्लोबल


जुलाईदेखि अमेरिका पुनः युनेस्कोमा सामेल हुने

जुलाईदेखि अमेरिका पुनः युनेस्कोमा सामेल हुने

नेपालखबर
जेठ ३०, २०८० मंगलबार ७:३७, काठमाडौँ

संयुक्त राज्य अमेरिका पुन: युनेस्कोमा सामेल हुने भएको छ। वासिङ्टनले २०२३ जुलाईदेखि युनेस्कोमा सामेल हुने तयारी गरेको संयुक्त राष्ट्रसंघीय सांस्कृतिक निकायले घोषणा गरेको छ।

युनेस्कोको संस्थापक सदस्य रहेको अमेरिका सन् २०१८ मा युनेस्कोबाट बाहिरिएको थियो।

सोमबार युनेस्कोका महानिर्देशक अड्रे अजोले फ्रान्सको पेरिसमा संगठनका सदस्य राष्ट्रका प्रतिनिधिलाई वासिङ्टन पुनः सामेल हुन लागेको जानकारी दिइन्। 

अमेरिकाले सन् २०११ सम्म युनेस्कोको बजेटमा प्रमुख योगदान गरेको थियो। त्यसबेलासम्म युनेस्कोको कुल बजेटको २२ प्रतिशत अर्थातत् ७ करोड ५० लाख डलर अमेरिकाले योगदान गर्थ्यो। तर युनेस्कोले प्यालेस्टाइनलाई पनि सदस्य राष्ट्रका रूपमा स्वीकार गरेपछि अमेरिका रुष्ट बनेको थियो। बजेट पनि रोकेको थियो।

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए । तर बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।

स्थापनाकाल सन् १९४५ देखि अमेरिका युनेस्कोमा सामेल रहेकोमा सन् १९८४ मा पनि बाहिरिएको थियो। तर १९ वर्षपछि सन् २००३ अक्टोबरमा पुन: युनेस्कोमा

अमेरिकाको पुनः सामेल हुने प्रस्तावित योजना अब अन्तिम स्वीकृतिका लागि युनेस्कोका सदस्य राष्ट्रहरूको महासभामा पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .