भारतको ओडिशा राज्यअन्तर्गत बालासोरमा शुक्रबार भएको तीन रेल दुर्घटनामा मृत्यु भएका २ सय ७५ जनामध्ये अहिलेसम्म १७० शवको मात्रै पहिचान भएको छ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार मृतकमध्ये बालासोर र भुवनेश्वरमा ८५/८५ वटा शवको मात्रै पहिचान भएको हो।
पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाइएको उनले बताए।
बीबीसी हिन्दीका अनुसार दुर्घटनामा ज्यान गुमाउने १०५ जनाको अझै सनाखत हुन सकेको छैन।
पहिले रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको भनिए पनि पछि संख्या सच्याइएको हो।
जेठ २२, २०८०, साेमबार
42
Shares
प्रतिक्रिया