ad ad

ग्लोबल


४ दिन काम, ३ दिन बिदा, कम्पनीको अवस्थामा झनै सुधार

४ दिन काम, ३ दिन बिदा, कम्पनीको अवस्थामा झनै सुधार

सांकेतिक तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार ९:५०, काठमाडौँ

बेलायती कम्पनी टायलर ग्रान्ज कन्सल्टेन्सीका कार्यालयहरू सोमबार बिहानैदेखि खचाखच भरिएका हुन्छन्।

यहाँ हाजिरी अनिवार्य छैन। यद्यपि, सोमबार बिहानैदेखि टायलर ग्रान्जका ६ वटा युके कार्यालयका कर्मचारीको स्फूर्ति पूर्ववत् भन्दा ज्यादा देखिन्छ।

टायलर ग्रान्ज वातावरणसम्बन्धी अध्ययन गर्ने कम्पनी हो। जुन २०२२ देखि कम्पनीले सातामा ४ दिन काम, तीन दिन बिदाको प्रावधान सुरु गरेको थियो। उक्त प्रावधान लागू भएसँगै कर्मचारीको कार्यक्षमता बढेको छ,जुन सातामा ५ वा ६ दिन काम गरेभन्दा बढी छ।

ग्लुसेस्टरशायरमा रहेको टायलर ग्रान्जका प्रबन्ध निर्देशक साइमन उर्सेल भन्छन्, 'पहिले कर्मचारीलाई कार्यालयमा ल्याउन हामी हप्तामा दुईपटकसम्म संघर्ष गर्थ्यौँ, अहिले सामान्यतया कार्यालयमा तीन दिन काम गरिरहेका छौँ। जसमा सोमबार धेरै लोकप्रिय छ, चार दिनको कार्यहप्ताले कर्मचारीलाई काममा ल्याउन सहज भएको छ।'

टायलर ग्रान्जका कर्मचारीहरूसँग सधैं लचिलो तालिकाहरू हुन्छन्। उर्सेल भन्छन्, 'चार दिनको कार्य-हप्ताले कर्मचारीलाई कामको लयमा फर्किन सहज बनाउँछ, अफिस जाँदा उनीहरूको जीवनलाई सहज बनाउँछ।' 

कम्पनीका कर्मचारीहरू पाँच दिनबाट चार दिनमा कार्यालय समय झारेपछि कर्मचारीहरू सन्तुष्ट भएको अर्सेल बताउँछन्। 'सोमबार कार्यालयमा भिड हुन्छ, तीन दिनको छुट्टीपछि कार्यालय फर्किँदा उनीहरू स्फूर्त र सामाजिकीकरणका लागि तयार हुन्छन्।' यदि चार दिनको सट्टा कार्य-हप्ता पाँच दिन तोकेमा त्यो अप्रिय हुने उनी बताउँछन्।

चार दिनको कार्यसप्ताहका कारण कम्पनीप्रति चासो र काम गर्न चाहनेको चाहना बढेको छ।

धेरै कामदारहरू आफ्नो देश फर्किनेभन्दा बढी खुसी कम दिन काम गर्न पाउँदा बढी हुने गरेको अनुसन्धानले देखाएको छ। टायलर ग्रान्जले चार दिनको कार्य हप्ताको परीक्षणमा अत्यधिक सकारात्मक नतिजाहरू आएका छन्।

क्याम्ब्रिज विश्वविद्यालयका सामाजिक विज्ञानका प्राध्यापक ब्रेन्डन बर्चेलसहितको टोलीले ६ महिना लगाएर गरेको एक अध्ययनले काम गर्ने समय घटाउन सुझाव दिएको थियो। आफ्नो दैनिक जीवन व्यवस्थापन, बच्चाहरूको रेखदेख र आराम गर्ने समय हुनेगरी लचिलो काम बढी महत्वपूर्ण हुने सुझाव उक्त अध्ययनले दिएको छ।

फेब्रुअरी २०२३ मा बेलायत र अमेरिकामा सातामा ४ दिन काम गर्ने कम्पनीको खोजी गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको थियो।

भर्ती फर्म हेजले ११ हजार बेलायतका कामदारसँग सोधपुछ गरी फेब्रुअरी २०२२ मा गरेको सर्वेक्षणमा ६२ प्रतिशतले सातामा चार दिन कार्यालय समय राख्नुपर्ने सुझाव दिएका थिए।

चार दिनको कार्यसाताको अवधारणामा धेरै समय काममा बिताउन इच्छुक देखिएका कर्मचारी

चार दिनको कार्यसप्ताह चाहनेको संख्यामा वृद्धि भए पनि यो अवसर प्राप्त गर्न भने निकै कठिन छ। विश्वमा चार दिन काम गर्ने र तीन दिन बिदा दिने कम्पनी ५ प्रतिशतभन्दा कम रहेका छन्। '४ दिनको कार्यसप्ताह एकदमै दुर्लभ छ, हाम्रो सम्पर्कमा भएसम्म ५ प्रतिशत संस्थामा मात्रै ४ दिनको कामको अवधारणा छ।'

हेजको सर्वेक्षणमा ५८ प्रतिशत कम्पनीले चार दिनको सप्ताहबारे कुनै योजना नभएको प्रतिक्रिया दिएका थिए। ३४ प्रतिशत संस्थाले भने कर्मचारीले ४ दिन पूर्ण समय कार्यालयमा दिए यसबारे सोच्न सकिने जवाफ दिएका थिए। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .