ad ad

ग्लोबल


ओडिशा रेल दुर्घटना : ‘लुप लाइन’मा चलेको थियो कोरोमण्डल एक्सप्रेस ?

ओडिशा रेल दुर्घटना : ‘लुप लाइन’मा चलेको थियो कोरोमण्डल एक्सप्रेस ?

नेपालखबर
जेठ २१, २०८० आइतबार ८:४७, काठमाडौँ

शुक्रकार साँझ ओडिशाको बालासोरमा भएको भीषण रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ। दुर्घटनामा ११ सय ७५ जना घाइते भएका छन्।

जसमध्ये ३ सय ८२ जनाको उपचार भइरहेको छ, जसमध्ये दुई जनाबाहेक अरु सबैको स्वास्थ्य अवस्था स्थिर रहेको छ। अरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा कोरोमण्डल एक्सप्रेस बहनगा बजार स्टेसन अगाडि 'मेन लाइन''लाई छाडेर 'लुप लाइन'मा गुडेको खुलेको छ। लुप लाइनमार्फत् गुडेको उक्त रेल पहिले नै रोकिएको मालगाडीसँग ठोक्किएको थियो।

मुख्यतया रेलमार्गमा दुईवटा लाइन हुन्छन्। एउटा आउनकोर अर्को जानेको लागि। यिनलाई मुख्य लाइन भनिन्छ। रेलवे प्लेटफर्ममा, आवश्यकता अनुसार यी मुख्य लाइनबाट दुई वा चार थप लाइनहरू निकालिन्छन्, जसले रेललाई प्लेटफर्ममा ल्याउँदछ वा मालगाडीलाई पार्क गर्न प्रयोग हुन्छ, जसलाई लुप लाइन भनिन्छ।

भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै लेखेको समाचार अनुसार प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा कोरोमण्डल एक्सप्रेसका लागि अप मेनलाइन सिग्नल दिएर डाउन गरिएको थियो। जसका कारण रेल लुप लाइनमा प्रवेश गरेको थियो। मालगाडीसँग ठोक्किएपछि यसका केही डिब्बा पटरीबाट खसेका थिए।

त्यही समयमा बैंगलोर-हावडा सुपरफास्ट एक्सप्रेस डाउन मेन लाइनबाट गुज्रिँदा कोरोमण्डल एक्सप्रेसको एक कोचलाई ठक्कर दिएपछि पल्टियो।

यद्यपि, कुनै पनि रेल अधिकारीले हालसम्म सार्वजनिक रूपमा रेल लुप लाइनमा चलेको बताएका छैनन्। दुर्घटनाको कारण अझै खुलेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .