ग्लोबल


फेरि ट्रकमा चढेर यात्रामा निस्किए राहुल गान्धी

फेरि ट्रकमा चढेर यात्रामा निस्किए राहुल गान्धी

नेपालखबर
जेठ ९, २०८० मंगलबार १३:१२, काठमाडौँ

कर्नाटकको विधान सभामा भारतीय जनता पार्टीलाई नराम्ररी हार चखाएपछि कांग्रेस नेता राहुल गान्धी फेरि सक्रिय भएका छन्।

यसअघि उनले ट्रकमै बसेर भारत जोडो यात्रा तय गरेका थिए। उनी अहिले फेरि ट्रकमै बसेर यात्रामा निस्किएका छन्। 

उनले सोमवार राति अम्बालादेखि चण्डीगढसम्मको ५० किलोमिटर लामो यात्रा ट्रकमा बसेर तय गरेका छन्।  

उनी सोमबार नै दिउँसो दिल्लीबाट सिमलाका लागि कारमा चढेर निस्किएका थिए। पार्टी कार्यकर्ताहरुका अनुसार राहुलले यस क्रममा ट्रक ड्राइभरसँग कुरा गर्दै उनीहरुका समस्या पनि सुनेका थिए। 

राहुलले ट्रकलाई बिहान साढे ५ बजे अम्बाला सिटीको श्री मञ्जी साहब गुरुद्वारमा रोकेका थिए। त्यसपछि उनी गुरुद्वारामा दर्शन गर्न पुगे। 

त्यसपछि उनले केही कांग्रेस कार्यकर्तासँग कुरा गरे। उनले गुरुद्वाराको लंगरको प्रसाद पनि लिए। उनको यात्राको एक भिडिओ कांग्रेस नेता सुप्रिया श्रीनेतले सामाजिक सञ्जालमा सेयर गरेका थिए। 

कांग्रेस पार्टीले मिडिया रिपोर्टको उल्लेख गर्दै भारतको सडकमा करिब ९० लाख ट्रक ड्राभइर रहेका छन्। यी सबैको आफ्नो आफ्नो समस्या रहेका छन्। तीमध्येका ट्रक ड्राइभरसँग राहुलले कुरा गरेका हुन्। 

ठूला साधन र ट्रक चलाउने ड्राइभरले रातभर काम गर्नु पर्ने हुन्छ। यसक्रममा कयौँ तनाव झेल्नु पर्ने हुन्छ। तिनै समस्या बुझ्नका लागि राहुलले ट्रक यात्रा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .