दक्षिण प्रशान्त महासागरमा रहेको पोलिनिसियन देश टोंगामा शक्तिशाली भूकम्प गएको छ।
टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो।
भूकम्प २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको जोखिम भने नरहेको बताएको छ।
अहिलेसम्म भूकम्पबाट भएको क्षतिको खबर आएको छैन।
90
Shares

प्रतिक्रिया