ad ad

ग्लोबल


यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर

नेपालखबर
बैशाख २७, २०८० बुधबार ६:५९, काठमाडौँ

न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

ई. जीन कैरल नामकी एक पत्रकारले सन् १९९० मा ट्रम्पले आफूलाई दुर्व्यवहार गरेको र उल्टै मानहानी गरेको आरोप लगाएकी थिइन्।

उक्त आरोपमा ट्रम्पलाई दोषी ठहर गर्दै अदालतले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ। मानहानी गरेबापत ३० लाख र यौन दुर्व्यवहार गरेबापत २० लाख गरी ट्रम्पले कुल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको हो।

तर ट्रम्पले बलात्कार गरेको भन्ने आरोपमा भने उनलाई अदालतले सफाइ दिएको छ। डिपार्टमेन्ट स्टोरमा क्यारोललाई ट्रम्पले बलात्कार गरेको आरोपमा जिम्मेवार पाएन। मुद्दा फौजदारी अदालतमा नभई सिभिल कोर्टमा चलिरहेको थियो। 

म्यानहट्टन फेडरल कोर्टमा भएको सुनुवाइमा ट्रम्प भने उपस्थित थिएनन्। उनले आरोप अस्वीकार गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमार्फत् प्रतिक्रिया दिँदै उनले आरोप लगाउने महिलालाई आफूले चिन्न समेत नचिन्ने प्रतिक्रिया उनले दिएका छन्। 'आरोप लगाउने महिला को हुन्? म चिन्दिनँ। अदालतको यो फैसला अपमानजनक छ,’ उनले लेखेका छन्।

यो फैसलाले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पलाई ठूलो असर पर्नेछ। राष्ट्रपतिको निर्वाचन लड्ने घोषणा ट्रम्पसहित वर्तमान राष्ट्रपति जोए बिडेनले गरेका छन्।

ट्रम्पका प्रवक्ताले अदालतको फैसलापछि विज्ञप्ति जारी गर्दै उक्त फैसला 'ट्रम्पविरुद्धको राजनीतिक अभियान' भएको आरोप लगाएका छन्। फैसलाविरुद्ध पुनरावेदन गर्ने ट्रम्पको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .