पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि इस्लामावादस्थित लाहोरको मल रोडमा जम्मा भएका प्रदर्शनकारीलाई हटाउन प्रहरी पुगेको छ।
इस्लामावादको जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएको बीबीसीले जनाएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ।
सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन्। पूर्व प्रधानमन्त्री इमरान खानको घर जमान पार्कमा छ।
खानलाई प्रहरीले मंगलबार इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो।
इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल(कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। बीबीसी

36
Shares

प्रतिक्रिया