ग्लोबल


कंगो बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

कंगो बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

नेपालखबर
बैशाख २५, २०८० सोमबार ९:१२, काठमाडौँ

कंगोमा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु भएको छ। किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षापछि विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा आइतबारसम्म मृत्यु हुनेको संख्या ४ सय नाघेको स्थानीय अधिकारीले बताएका छन्।

कालेह क्षेत्रका प्रशासक थोमस बाकेङ्गाले ३९४ जनाको शव निकालेको जानकारी दिए। जसमध्ये २ सय जनाको मात्रै सनाखत भएको छ।

बाढी र पहिरोले सबैभन्दा बढी बुसुसु र न्यामुकुबी गाउँमा क्षति पुगेको बताइएको छ। 

बाकेङ्गाका अनुसार बुसुसुमा १४२ र न्यामुकुबीमा १३२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad