बेलायती राजा चार्ल्स तृतीयले शनिबार राज्याभिषेक गरेका छन्। तर, उनकी कान्छी बुहारी मेगन मार्कल भने सो समारोहमा सहभागी भइनन्।
कान्छा छोरा राजकुमार ह्यारी भने समारोहमा पुगेका छन्। ह्यारीको विवादास्पद संस्मरण स्पेयर सार्वजनिक भएपछि उनी पहिलो पटक आफ्नो परिवारसँग देखिएका हुन्।
उनी शुक्रबार लन्डन आइपुगेका थिए। तर, समारोहलगत्तै उनी अमेरिका फर्किने बताइएको छ।
उनकी पत्नी मेगन भने अमेरिकामै छिन्। उनीहरुले शनिबार नै छोरा आर्कीको जन्मदिन मनाउँदै छन्।
ह्ययारीले आफ्नो पुस्तकमा मेगनका विषयमा दाजुसँग झगडा परेको उल्लेख गरेका थिए।
मेगनलाई लिएर बेलायती राजपरिवारले नश्लभेदी व्यवहार देखाएकोसम्म आरोप लागेका थिए।
87
Shares
प्रतिक्रिया