चीनले युद्धग्रस्त सुडानबाट दोस्रो आफ्ना ४८० नागरिकको उद्धार गरेको छ।
दोस्रोपटकको उडानमार्फत बुधबार राति ९:१० बजे थप १४० जना चिनियाँ नागरिक बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन्।
यसअघि पहिलो उडानमार्फत् चीनले आफ्ना ३४० नागरिकको उद्धार गरेको थियो।
करिब २५ दिन यता सुडानमा युद्ध जारी छ। त्यहाँको सेना र अर्धसैनिक समुहबीच जारी युद्धमा ५ सय बढीको हत्या भएको छ भने ४ हजार बढी घाइते छन्।
अघिल्लो सोमबारदेखि युद्धविराम भएपछि विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धार थालनी गरेका हुन्।
चीनले उत्तरपूर्वी अफ्रिकी देश सुडानलाई अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मान्दै आएको छ। सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेको र त्यहाँ करिब एक हजार चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ।
२५ दिन लामो युद्धबाट तहसनहस सुडानको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव देखिएको छ।
Shares

प्रतिक्रिया