ad ad

ग्लोबल


संकटको फाइदा उठाउँदै नाफाखोर: सुडानमा नाका कटाउन चालकले माग्छन् ४० हजार डलर

संकटको फाइदा उठाउँदै नाफाखोर: सुडानमा नाका कटाउन चालकले माग्छन् ४० हजार डलर

नाकामा फसेका फती अतादानी दुई सन्तानका साथ


नेपालखबर
बैशाख १७, २०८० आइतबार ८:९, काठमाडौँ

सुडानमा गत अप्रिल १५ यता त्यहाँको सैनिक र अर्धसैनिक समुहबीच जारी युद्धबाट स्वदेशी तथा विदेशी नागरिक प्रभावित भएका छन्।

हालसम्म ५२८ जनाले युद्धमा ज्यान गुमाइसकेका छन् भने ४ हजार ५९९ घाइते छन्। अहिले युद्धबिराम छ।

युद्धबिराममा सुडानमा रहेका आफ्ना नागरिकलाई अन्य मुलुकले उद्धार गरिरहेका छन्। स्वदेशीहरू भागेर छिमेकी मुलुक जान थालेका छन्।

युद्धका बेला धेरैले सुडान छाड्न चाहे पनि विशेष अनुमति प्राप्त व्यक्तिले मात्रै बसमा सीमा काट्न पाउँछन्। पैदल हिँड्न प्रतिबन्ध लगाइएको छ।

तीन दिनअघि राजधानी खार्तुममा युद्धबिरामकै बीच आक्रमण भयो। १० वर्षमुनिका ३ बालकसहित सात सदस्य रहेको परिवारले जसोतसो त्यस आक्रमणमा ज्यान जोगायो। त्यसपछि देश छाड्ने तयारीसाथ उक्त परिवार सीमामा पुग्यो। तर दुई दिनयता उक्त परिवार सीमामै अड्किएको छ।

बीबीसीले प्रसारण गरेको रिपोर्टअनुसार उक्त परिवार छिमेकी राष्ट्र इजिप्ट जाने तयारीमा छ। तर इजिप्टको सिमानमा पैसाकै अभावमा फसेका हजारौँमध्ये आफ्नो परिवार पनि एक भएको परिवारका एक सदस्य फदी अतादानीले बताएका छन्। कारण- नाका कटाउन चालकहलरूले उनीहरूसँग ४० हजार डलर अर्थात ३१ हजार ८१० युरो भाडा मागिरहेका छन्।

अतादानीको परिवार १० वर्षमुनिका बालबालिका र ८८ वर्षका ज्येष्ठ सदस्यसहित सीमामा फसेको छ।

'यहाँ हजारौँ मानिस फसेका छौँ, बास बस्ने ठाउँ छैन। स्कुल र गोदाममा पल्टिएका छौँ,' इजिप्टसँग जोडिएको सीमावर्ती सहर वाडी हाल्फाबाट टेलिफोनमा कुरा गर्दै अतादानीले बीबीसीलाई जनाएका छन्।

सिमामा फसेका धेरै बेलायती नागरिक हुन्। उद्धारका लागि बेलायत सरकारसँग अपील गरिरहेको अतादानीले बताएका छन्।

'यो मरुभूमिबीच म र मेरा बालबच्चाको एक हालत हुन्छ भन्ने हामीलाई थाहा छैन, चाँडै बेलायती सरकारले यो दलदलबाट हामीलाई बाहिर निकालेर सिमाना पार गर्न सक्ने बस उपलब्ध गराओस् भन्ने चाहन्छु,' उनले भनेका छन्।

त्यहाँका चालकहरूले युद्धका बेला मानवीयता भुलेर आफ्नो खराब अवस्थाको फाइदा उठाइरहेको आरोप उनले लगाएका छन्।

सामान्य दिनमा उक्त त्यहाँ बस बुक गर्न ३ हजार डलर लाग्थ्यो। तर संकटको मुखमा व्यवसायीहरू नाफाखोर भइदिँदा ४० हजार डलरसम्म भुक्तान गर्न यात्रुहरू बाध्य भएको उनले बताए। त्यो सिमावर्ती क्षेत्र कट्न लाग्ने बाटो केबल ३० किलोमिटर हो।

'पैदल हिँड्न प्रतिबन्ध छ, बस चालकले संकटको फाइदा उठाइरहेका छन्,' उनले भने, 'बैंक बन्द छन्, एटीएमले काम गरेका छैनन्। कोसँग त्यत्रो पैसा छ? तर उनीहरूले यो दुरावस्था बुझ्नै चाहेका छैनन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .