लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले बुधबार देशमा सञ्चार उपकरण वाकी–टकी विस्फोट हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको बताएका छन्।
बिहीबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री अबेदले विस्फोटमा घाइते हुनेको संख्या कम्तीमा ६०८ पुगेको बताए।
मंगलबार र बुधबार दुवै दिन भएका बम विस्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ, जसमध्ये मंगलबार भएको पेजर विस्फोटमा १२ जनाको मृत्यु भएको थियो।
लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले आफ्नो देशले यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएको बताएका छन्। लेबनानले यस मुद्दामा अर्थपूर्ण वार्ता हुने आशा राखेको बीबीसीले जनाएको छ।
258
Shares

प्रतिक्रिया