ad ad

राजनीति


एमाले सरकार बनाउने-भत्काउने खेतीपातीमा लाग्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले सरकार बनाउने-भत्काउने खेतीपातीमा लाग्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १२:५८, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकार भत्काउने तथा निर्माणको खेतीपातीमा नलाग्ने बताएका छन्।

जनकपुरधाममा संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पोखरेलले सरकार बनाउने र भत्काउने खेतीपातीमा वर्तमान सत्ता गठबन्धन लागेपनि त्यसमा एमाले नलाग्ने बताएका हुन्। तर परस्थिति अनुसार एमालेले आफ्नो निर्णय गर्ने उनले बताए।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि अब गठबन्धनमा फेरबदल वा टुट्न सक्ने अवस्थाको सिर्जना हुन सक्ने बताउँदै पोखरेल परिस्थिति अनुसार एमालेले आफ्नो भूमिका निभाउने उनको भनाइ थियो।

‘यो गठबन्धन टिकाउ छैन, के परस्थिति सिर्जना हुन्छ त्यसअनुसार नै हाम्रो भूमिका हुन्छ, यद्यपि सरकार बनाउने र बिगार्ने खेतीपातीमा एमाले लाग्दैन,’ उनले भने।

जनकपुरधाममा संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै पोखरेलले यो गठबन्धन मुलुककालागि दुर्भाग्य रहेको टिप्पणी गरे।

उनले वर्तमान गठबन्धन लोकतन्त्रको हितमा नभएको बताए। उनले भने, ‘यो गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाइरहेको छ, संविधानको हितविपरीत काम समेत गरिरहेको छ।’

वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताउँदै पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने नेतृत्व एमालेले गरिरहेको दाबी गरे। उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए।

मुलुकको अर्थतन्त्र अहिले दिनदिनै खस्किँदै जानुको कारण वर्तमान गठबन्धन नै भएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .