ad ad

ग्लोबल


२५ सय घटाए कुशवाहले मतान्तर, अब २१ हजार मत गन्न बाँकी

२५ सय घटाए कुशवाहले मतान्तर, अब २१ हजार मत गन्न बाँकी

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १८:५६, काठमाडौँ

बारा २ मा जनमतका शिवचन्द कुशवाहले पछिल्लो समय निरन्तर मतान्तर घटाएका छन्।

जसपाका उपेन्द्र यादवसँग ५ हजार ५ सयसम्मको मतान्तर बनाएकोमा पछिल्लो ८ हजार मत गणना हुँदा कुशवाहले एक्लै ५ हजार मत ल्याएका छन्।

अहिलेसम्म ४८ हजार २६४ मत गनिएकोमा यादव १९ हजार ९७८ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा कुशवाहको मत १६ हजार ९३७ रहेको छ। दुई बीचको मतान्तर ३ हजार ४१ को रहेको छ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ७९६ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेलले २ हजार ३७० मत पाएका छन्।

यहाँ कुल ६९ हजार १०७ मत खसेकोमा अब २० हजार ८४३ मत गन्न बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .