ad ad

विनिमय दर


एकैदिन १३६ जनामा देखियो कोरोना

एकैदिन १३६ जनामा देखियो कोरोना

रासस
बैशाख १२, २०८० मंगलबार १८:५७, काठमाडौँ

कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन्। हिजो एक सय १३ जनामा सङ्क्रमण फेला परेको थियो। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आईसीयु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन्। 

आज ६४ जना कोरोना उपचारपछि घर  फर्किएका छन्।

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी १.१६ देखा परेको छ। 

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .