ad ad

राजनीति


सीके राउतको दाबी- बारा २ मा बुथ कब्जा गर्ने प्रयास भइरहेको छ

सीके राउतको दाबी- बारा २ मा बुथ कब्जा गर्ने प्रयास भइरहेको छ

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार ९:४४, बारा

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ का केही मतदान केन्द्रमा आफ्नो दलका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिइएको आरोप लगाएका छन्। 

अध्यक्ष राउतले पचरौता नगरपालिकाको बेलडाडी र देवतालको झिगैया मतदना केन्द्रमा जनमतका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिएको आरोप लगाएका हुन्। 

यसबाट प्रहरी–प्रशासनकै संलग्नतामा यी दुई मतदान केन्द्र कब्जा गरिएको आशंका आफूलाई लागिरहेको राउतले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा दाबी गरे।  

‘आफूहरूले हिजोदेखि नै बुथ कब्जा हुने पहिले नै जानकारी गराएको थिएँ’, राउतले भने, ‘तर प्रहरी–प्रशासनकै संलग्नतामा बुथ कब्जा गर्ने प्रयास भइरहेको छ।’ 

तर स्थानीय प्रशासनले भने राउतले भनेजस्तो कुनै पनि मतदान केन्द्रमा बुथ कब्जाको अवस्था नरहेको जनाएको छ। 

बारा–२ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .