ad ad

ग्लोबल


महाराष्ट्रको रायगढमा बस दुर्घटना : १२ जनाको मृत्यु

महाराष्ट्रको रायगढमा बस दुर्घटना : १२ जनाको मृत्यु

नेपालखबर
बैशाख २, २०८० शनिबार १५:३१, काठमाडौँ

महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। 

चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस शनिबार बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन्।

प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए। 

गृहमन्त्री अमति शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ। उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ। (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .