ad ad

ग्लोबल


इजरायल-प्यालेस्टाइनबीच चर्कियो द्वन्द्व: गाजामा इजरायलको हवाइ आक्रमण

इजरायल-प्यालेस्टाइनबीच चर्कियो द्वन्द्व: गाजामा इजरायलको हवाइ आक्रमण

नेपालखबर
चैत २४, २०७९ शुक्रबार ८:२, काठमाडौँ

इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। 

इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो। 

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो। त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो।

गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो।

इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो। तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए।

गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको एजेन्सीले जनाएका छन्, क्षतिको विवरण आइसकेको छैन।

हमासको रकेट आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका थिए। नेतान्याहूको यस्तो अभिव्यक्तिपछि शुक्रबार बिहानै इजरायली सेनाले गाजामा हवाइ आक्रमण सुरु गरेको हो।

गत वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरकपट गरेको थियो। 

उक्त धरकपटपछि हमास र इजरालबीच युद्ध नै चलेको थियो भने ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .