ad ad

ग्लोबल


५७ मिनेटको हिरासतपछि फ्लोरिडा उडे ट्रम्प, अर्को सुनुवाइ डिसेम्बरमा

५७ मिनेटको हिरासतपछि फ्लोरिडा उडे ट्रम्प, अर्को सुनुवाइ डिसेम्बरमा

नेपालखबर
चैत २२, २०७९ बुधबार ७:४६, काठमाडौँ

वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन्।

मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो। बिहीबारको एक ग्रान्ड जुरीले ट्रम्पमाथि अभियोग चलाउने निर्णयअनुसार मंगलबार दिउँसो २:२७ मा अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो।

सुनुवाइको क्रममा अदालत पुगेर ट्रम्पले आत्मसमर्पण गरेका थिए। दिउँसो १:३० बजे प्रहरीसामु आत्मसमर्पण गरेका उनलाई प्रहरीले ५७ मिनेट नियन्त्रणमा राखेको थियो। यद्यपि, उनलाई हतकडी भने लगाइएको थिएन।

ट्रम्पलाई अदालतमा उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो। त्यसपछि उनले अपराध अस्वीकार गर्दै प्रतिवादी अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरेका थिए।

३४ विषयमा उनीविरुद्ध मुद्दा चलाइएको छ।

५७ मिनेटको गिरफ्तारीपछि उनलाई रिहा पनि गरिएको छ। रिहापछि प्रतिक्रिया दिँदै उनले आरोप अस्वीकार गरे।

त्यसपछि उनी गृहराज्य फ्लोरिडा उडेका छन्।

अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा तोकिएको छ।

अमेरिकामा पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलेको यो पहिलो हो। आरोप पुष्टि भएमा ट्रम्पलाई ४ वर्षको सजाय हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .