ग्लोबल


राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १६:१०, काठमाडौँ

भारतीय आई कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजीमा परेको छ। 

चार साल पुरानो एक आपराधिक मानहानिमा दुई वर्षको सजाय मिलेपछि शुक्रवार कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको हो। 

लोकसभा सचिवालयले एक सूचना जारी गरेर गान्धीको सांसद पद खारेज भएको जनाएको छ। 

सूचना केरलको वायनाड लोकसभा सिटका सांसद राहुल गान्धीलाई सजाय सुनाएपछि २३ मार्चदेखि गान्धीलाई अयोग्य घोषित गरिएको हो।

अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको थियो। तर लोकसभा सचिवालयले उनको सांसद पद नै रद्द गरिदिएको हो।

सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’बारे गरेको टिप्पणीसँग सम्बन्धित थियो। गान्धीले त्यतिबेला बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ?’

मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए।

राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्‍याउन नचाहेको बताएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad