ग्लोबल


भारतमा 'एचथ्री एनटू' भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

भारतमा 'एचथ्री एनटू' भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालखबर
चैत २, २०७९ बिहिबार ७:२७, काठमाडौँ

भारतको नयाँदिल्ली, महाराष्ट्र र गुजरातलगायतका राज्यमा फैलिरहेको ‘एचथ्री एनटू’ भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। 

अहिलेसम्म भारतमा ३५२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी महाराष्ट्रमा यसको प्रभाव देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। बीएमसीकाअनुसार मुम्बईमा मात्रै ३२ जनामा संक्रमओ पुष्टि भएको छ। 

‘एचथ्री एनटू’ को खतरा बढ्दै गएपछि त्यहाँका मुख्यमन्त्री एकनाथ शिन्देले आज स्वास्थ्य अधिकारीहरूसँग बैठकसमेत डाकेका छन्। बैठकमा उपमुख्यमन्त्री देवेन्द्र फडणवीस र स्वास्थ्यमन्त्री तानाजी सावन्त पनि सहभागी हुनेछन्।

बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थाबारे अध्ययन गरिरहेको छ।

भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad