ग्लोबल


शतप्रतिशत मत पाएर चीनको राष्ट्रपतिमा सी चिनफिङ पुन: निर्वाचित

शतप्रतिशत मत पाएर चीनको राष्ट्रपतिमा सी चिनफिङ पुन: निर्वाचित

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १०:४५,

चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। चिनियाँ जनकंग्रेसले एकमतले सीलाई सो पदमा अनुमोदन गरेको हो।

शुक्रबार भएको मतदानमा उनले सबै २ हजार ९५२ मत प्राप्त गरे। चीनमा राष्ट्रपति दुई कार्यकाल मात्रै निर्वाचित हुने परम्परा तोड्दै सी तेस्रो कार्यकालका लागि चयन भएका हुन्।

त्यसैले धेरैले उनलाई माओ चेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताका रुपमा हेरेका छन्।

उसो त चीनमा राष्ट्रपति धेरै हदसम्म संवैधानिक पद मात्र हो। खास शक्ति कम्युनिस्ट पार्टीको महासचिव र सैन्य आयोगको अध्यक्ष पदमा निहित हुन्छ। ती दुवै पदमा सी गत अक्टोबरको महाधिवेशनबाट चुनिइसकेका छन्।

राष्ट्रपतिमा चयन भएसँगै चीनमा सीको शासन दोस्रो दशकमा प्रवेश गरेको छ। विश्वशक्ति अमेरिकासँग टक्कर परिरहेको कठिन अवस्थामा सीले दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्व गरिरहेका छन्। 

आउँदो पाँच वर्षमा सीले कोभिड महामारीले संकटमा पुर्याएको अर्थतन्त्र उकास्ने, अमेरिकासँगको प्रतिद्वन्द्विता व्यवस्थापन गर्ने र ताइवान समस्या हल गर्नेजस्ता कठिन चुनौतीको सामना गर्नुपर्ने अवस्था छ।

शनिबार चीनका नयाँ प्रधानमन्त्री पनि निर्वाचित हुने बताइएको छ। सीकै सहयोगी रहिसकेका ली चियाङ सो पदमा चयन हुने अपेक्षा गरिएको छ। जो, पार्टी स्थायी समितिको दोस्रो वरीयतामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad