केही घण्टाअघि भएको हत्या घटनाको रिपोर्टिङ गर्न पुगेकी एक टेलिभिजन रिपोर्टरको अमेरिकाको फ्लोरिडास्थित अर्लान्डोमा हत्या भएको छ।
उनीसँगै एक नौ वर्षीया बालिकाको पनि गोली हानी हत्या गरिएको छ। उनीहरुमाथि एक बन्दुकधारीले गोली चलाएका थिए।
ती बालिकाकी आमा र अर्की एक पत्रकार पनि गोली लागी घाइते भएका छन्।
सोही बिहान उक्त क्षेत्रमा मारिएकी एक महिलाको विषयमा रिपोर्टिङ गर्न स्पेक्ट्रम न्युज नामक च्यानलका दुई पत्रकार घटनास्थल पुगेका थिए।
सबै घटना एकै किशोर बन्दुकधारीले गराएको प्रहरीको भनाइ छ। मारिएकाहरुको नाम सार्वजनिक गरिएको छैन।
पत्रकारहरुलाई गोली चलाएपछि किथ मोजेज नामक ती १९ वर्षीय बन्दुकधारीले नजिकैको घरमा गएर आमाछोरीमाथि गोली चलाएका थिए।
घाइते आमाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। एजेन्सी
51
Shares

प्रतिक्रिया